
नेपालमा पहिलोपटक सहकारीको लगानीमा स्थापना भएको उद्योगले विभिन्न थरिका मोटरपम्पहरु उत्पादन र विक्री गर्दै आएको छ ।
विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारीले उत्पादन गरेका मोटरपम्पको बजारमा माग पनि बढ्दै गएको छ । संस्थाद्धारा उत्पादित मोटरपम्पको नेपालको बजारमा विक्रीको हिसाबमा २५ प्रतिशत भाग ओगटेको उद्योगका प्रशासन तथा लजिष्टिक्स् प्रमुख छबीलाल बिकले बताए ।
उनले संस्थाले यसका अलवा किसानकालागि अत्यावश्यक कृषि औजारहरु उत्पादन तथा आयात गरी बिक्री वितरण गर्ने गरेको बताए । उनले संस्थाले कृषककालागि आवश्यक कृषि औजार आयात गर्ने र बजारमा विक्री वितरण गर्ने तथा मोटरपम्प मेसिन उत्पादन र बिक्री गरिरहेको जनाए ।
२५ करोड लगानीमा २०७५ सालमा १ विगाह जग्गामा सुरु भएको सहकारी उद्योगबाट उत्पादित मोटरपम्पले नेपालको बजारमा विक्रीको २५ प्रतिशत भाग ओगटेको प्रमुख बिकको भनाई छ ।
संस्थाबाट अहिले शिखर ब्राण्डका ह्याण्ड पुस सिडर, बिग ट्युवकर्न सेलर मिसिन, पार्टेवल सिडर, ब्रस कटर साइड प्याक, कम्वाइण्ड मिल, लवन मेवयर सेरिज, ग्यासोलिन जेनेरेटर, पिभिसी पाइप, थ्रेसर, पावर ट्रेलर, मिनी ट्रेलर आयातगरी बिक्री पनि गरिरहेको बिकले जानकारी दिए भने गत वर्ष संस्थाले ३८ करोडको कारोबार गरेको पनि बताए ।
साथै संस्थाले तुलसी ब्राण्डका चामल उत्पादन तथा विक्री गर्दै आएको सहकारीले झापाको गौरादहमा तुलसीे फुल स्ट्रिम राईस प्लाण्ट उद्योग संचालनकालागि १ बिगाह १० कठ्ठा जग्गा लिइसकेको बताए । संस्थाले ५ सय परिवारलाई रोजगार दिएको जनाएइको छ ।
Recent Comments